ईमेज च्यानलसँग कुरा गर्दै उनले दुर्गम क्षेत्रबाट हेलिकप्टर प्रयोग गरेर मतपेटिका सदरमुकामसम्म ल्याइने र सदरमुकाममा बलियो सुरक्षा घेराभित्र राखिने बताए । नेपाली सेनासहितका सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिले चौबीसै घण्टा मतपेटिकाको सुरक्षा गर्ने उनले बताउनुभयो । प्रमुख आयुक्त डा. यादवले भने, ‘मुसासमेत छिर्न नसक्ने गरी मतपेटिकाको सुरक्षा गरिनेछ ।’ मत पेटिका कुन कोठामा कसरी राख्ने,…