काठमाडौं, साउन २६ । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी ‘भी–नाइन्टिन चित्रकला’ प्रदर्शनीमा अवलोकनकर्ताहरुको घुइँचो बढेको छ । समाजसेवी महावीर पुनले गत सोमबार उद्घाटन गरेको प्रदर्शनीमा १९ जना कलाकारको कलाकृति राखिएका छन् । प्रदर्शनीमा राखिएका चित्रहरुको बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम महावीर पुनले स्थापना गर्ने भनिएको राष्ट्रिय आविष्कार केन्द्रका लागि जाने बताइएको छ…