
काठमाडौं, साउन २६ । राष्ट्रिय युवा सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा देशका ७५ ओटै जिल्लाबाट २–२ जनाका दरले प्रतिनिधि सहभागी छन् ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सम्मेलनले राज्यका हरेक निकायमा युवा सहभागिता, युवाको क्षमता बृद्धिलगायत विषयमा युवालाई बढीभन्दा बढी जानकारी गराउने उद्देश्य राखेको छ ।
सम्मेलनमा नेपालको राजनीतिमा युवा, सडकसुरक्षा र युवा, युवाउद्यमी, बदलिँदो अवस्थामा नेपालको छिमेकीसँगको सम्बन्ध, व्यक्तित्व विकासलगायतका युवासँग सरोकार राख्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत् गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्