
रवीन्द्र गौतम (इमेज)
दोलखा, साउन २५ । दोलखामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा मंगलबार एकजनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर जुगु गाविस–२ का ५५ वर्षीय पुष्कर खड्काको मृत्यु भएको हो ।
यार्सा निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका खड्का पहिलो त्रैमासिक परीक्षा सकेर घर फर्कनेक्रममा पहिरोमा पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीसँगै मोटरसाइकलमा सवार उनका भतिजा भीष्म खड्का भने घाइते भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्