Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


दोलखामा चट्याङ लागेर एकको मृत्यु, ११ जना घाइते

दोलखा, असोज ४ । दोलखामा मंगलबार चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । दोलखाको पूर्वी जुँगु गाउँ विकास समिति–३ का ३५ वर्षीय मानबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर अरु ११ जना घाइते भएका छन् । घाइतेहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।