Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


प्रशासनले थाल्यो फिदिमबजार सफाइ अभियान, बजारबासी भने बने ‘रमिते’ (भिडियो रिपोर्ट)


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, असोज ४ । पाँचथरको फिदिमबजार पछिल्लो समय दुर्गन्धित बन्दै गएपछि अहिले जिल्ला प्रहरी कार्यालय पाँचथर र फिदिम नगरपालिकाको अगुवाइमा बजार सरसफाइलाई तीव्रता दिइएको छ ।

पाँचथरको सदरमुकाम फिदिमबजार भौगोलिकरुपमा सुन्दर र आकर्षित छ । फोहोरको कारण सुन्दरता नै हराएको भन्दै अहिले प्रहरी नायब उपरीक्षकको सक्रियतामा फोहोर व्यवस्थापन सुरु गरिएको छ ।

यसअघिका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले सुरु गरेका सरसफाइको कामले निरन्तरता पाएसँगै प्रत्येक हप्ताको शनिबार बजारको सडक र नालीको फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।

प्रहरी नायब उपरीक्षक कोइरालाको सरुवा भएपछि फिदिममा सन्चालन भइरहेको सरसफाइ अभियान सेलाएर जाने हो कि भन्ने चिन्ता स्थानीयमा छाएपनि भर्खरै आएका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले सरसफाइ अभियानलाई निरन्तरता दिएसँगै अहिले बजार सफा बनेको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई बताउँछन् ।

यता, फोहोर व्यवस्थापन गर्नेक्रममा भएको अभियानमा बजारबासी भने रमितेकारुपमा भेटिएकोे पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष मित्रप्रसाद काफ्लेको गुनासो छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्