कलैया, कात्तिक १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाराको निजगढ–पथलैया सडकखन्डमा मंगलबार बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फूलगामा, महोत्तरीमा कार्यरत् सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बा१त ७७७७ नम्बरको मोटरसाइकलमा सवार भएर वीरगन्जतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै…