Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


लिम्बूहरुको बलिहाङ तङनाम पर्व सकियो


0
Shares

पाँचथर, कात्तिक १६ । पूर्वमा लिम्बू समुदायहरुले मनाउने बलिहाङ तङनाम पर्व मंगलबार सकिएको छ ।

कार्तिक त्रयोदशीबाट सुरु भइ प्रतिपदासम्म मनाइने यस पर्वमा लिम्बू समुदायले सामूहिकरुपमा प्रकृति, पृथ्वी, सूर्य र ग्रहको पूजा–आजा गर्ने गर्छन् ।

यस पर्वमा वनदेवतालाई पूजा–आजा गरी सार्वजनिकस्थलमा सरसफाइ गर्ने, पाल्तु जनावरहरुको पूजा गरी मीठोमीठो खान दिने चलन रहेने लिम्बू भाषाविद् हरिशचन्द्र लावतीले जानकारी दिए ।

यस्तै, अन्तिम दिन लारिङगे–नाम्लिङगे अर्थात् देउसी–भैली खेल्ने गरिन्छ । लिम्बू समुदायले मान्ने बलिहाङ राजा सिकिस्त बिरामी परेको र उनका शुभेच्छुकहरुले रातभर जाग्राम बसेर पूजा–आजा गरी लारिङगे–नाम्लिङगे अर्थात् देउसी–भैली खेलिएको पौराणिक कथा छ ।