काठमाडौं, कात्तिक १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाको अवसरमा मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्नी बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका ग्रहण गरे ।
शोभाराज्यलक्ष्मी शाहको निवास कमलादी पुगेका पूर्वराजा शाहले सो अवसरमा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दीपावलीको शुभकामना पनि दिए ।
पूर्वराजा शाह हरेक वर्ष भाइटीकाको दिन टीकाग्रहणका लागि बहिनी शोभाको घर जाने गर्दछन् ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्