थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए । (रासस)