७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024


गाउँपालिकामा कार्यकारी अधिकृत खटाइयो, ढिला नगरी हाजिर हुन जान निर्देशन


0
Shares

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको जनाएको हो ।

मन्त्रालयले कुनै ढिला नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन जान सबै अधिकृतलाई निर्देशन पनि दिएको छ । पुरानो स्थानीय निकायको संरचना भंग गर्दै संविधान र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा गठित ७४४ वटा स्थानीय तहमा कर्मचारी प्रबन्ध नगर्दा आसन्न स्थानीय तहको निर्वाचनमै असर पर्न सक्ने भन्दै चैत्र ३ भित्र कर्मचारी खटाइसक्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको थियो । जसअनुसार सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरेर कर्मचारी खटाएको हो ।