राष्ट्रपति भण्डारीलाई बिहीबार पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अतिमहत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग बिहीबार अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाइ सन्देश हस्तान्तरण गरेकी थिइन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि बिहीबारै…