
श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौधरीले बताए ।
भारतबाट आएकै राति घरबाट नगद रकम र सुनको तिलहरी लगेर बेपत्ता भएको उनले बताए । सम्भावित धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला पार्न नसकेको उनको भनाइ छ ।
छ वर्षको छोरालाई छाडेर बेपत्ता भएपछि निकै अप्ठरो परेको उनले दुखेसो पोखे । ‘भारतमा छ महिना कमाएको पैसा पठाएको थिएँ, घरमा पुग्दा न श्रीमती भेटिइन्, नत पठाएको रकम,’ उनले भने । खोजतलास गर्दा नभेटेपछि प्रहरीलाई गुहारेको उनले बताए ।
यसैगरी, केही महिना अघि छिमेकी गाउँकी एक महिलासमेत बालबालिकासहित बेपत्ता भएकी थिइन् । हालसम्म उनको समेत पत्तो लाग्न सकेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस्