प्रधानन्यायाधीशबाट पराजुलीले दिए राजीनामा • Image Khabar Image Khabar


प्रधानन्यायाधीशबाट पराजुलीले दिए राजीनामा


Imagekhabar
१ चैत्र २०७४, बिहीबार १५:३३

प्रधानन्यायाधीशबाट पराजुलीले दिए राजीनामा

उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्याय परिषदका सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहीबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेकाअनुसार संविधानबमोजिम अवकाशप्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनुपर्दैन, स्वतः पद रिक्त हुनेछ ।

सर्वाेच्च अदालतमा बिहीबारैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भइ पेसी तोक्न सुरु गरेका छन् ।

बिहीबारै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्