१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


चुरे क्षेत्रमा व्यापक डढेलो, नियन्त्रणका लागि पहल भएन

सरकारी र सामुदायिक वनहरुमा एक सातादेखि लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा चुरे पहाडका वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता विनाश भइरहेको छ । साल जातको काठको भण्डार मानिने चुरे पहाडमा लामो समयदेखि लागेको डढेलो नियन्त्रण गर्न त्यस आसपासका सामुदायिक वन उपभोक्ता समूह, जिल्ला वन कार्यालय र मातहतका वन कार्यालयले प्रभावकारी कदम चाल्न सकेका छैनन् ।…