२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चुरे क्षेत्रमा व्यापक डढेलो, नियन्त्रणका लागि पहल भएन


26
Shares

सरकारी र सामुदायिक वनहरुमा एक सातादेखि लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा चुरे पहाडका वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता विनाश भइरहेको छ ।

साल जातको काठको भण्डार मानिने चुरे पहाडमा लामो समयदेखि लागेको डढेलो नियन्त्रण गर्न त्यस आसपासका सामुदायिक वन उपभोक्ता समूह, जिल्ला वन कार्यालय र मातहतका वन कार्यालयले प्रभावकारी कदम चाल्न सकेका छैनन् ।

डढेलो नियन्त्रणकालागि अग्निरेखा बनाउने र वन हेरालुको उचित प्रवन्ध नगर्दा डढेलो फैलिरहेको हो । सिन्धुली, धनुषा, सर्लाही र महोतरी जिल्लाका सिमावर्ती चुरे क्षेत्रमा वर्षेनी हिउँदमा लाग्ने डढेलो मानव बस्तीमा फैलिंदा ठूलो जनधनको क्षतिसमेत हुने गरेको छ ।