जुनसुकै परिस्थितिको सामना गर्न नेपाली सेना तयार : प्रधानसेनापति • Image Khabar Image Khabar


जुनसुकै परिस्थितिको सामना गर्न नेपाली सेना तयार : प्रधानसेनापति


Imagekhabar
१७ चैत्र २०७४, शनिबार १८:३२

जुनसुकै परिस्थितिको सामना गर्न नेपाली सेना तयार : प्रधानसेनापति

शनिबार काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले संविधानले सुम्पेका अधिकारहरु रक्षा गर्न सेना सदैव तयार रहेको बताए ।

उनले नेपाली सेनाले मुलुकको शान्ति, सुव्यवस्था र स्थीरताका लागि पुर्‍याएको योगदान र विश्वासका कारण सरकारले सेनालाई विकास निर्माणको कार्यमा सहभागी गराएको दाबी पनि गरे ।

सरकारले सुम्पेको जिम्मेवारीलाई सेनाले चुनौती र अवसरकारुपमा लिएको उनको भनाइ थियो ।

प्रधानसेनापति क्षत्रीले काठमाडौंको महाँकालमा बनाएको ‘भेट्रान’ अस्पताललाई ऐतिहासिक त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको अस्तित्व कायम रहनेगरीमात्रै सन्चालन गर्ने स्पस्ट पारे ।

उनले बाँकेको नेपालगन्जमा क्षेत्रीय सैनिक अस्पतालको निमार्णकार्य अन्तिम चरणमा पुगेको भन्दै प्रदेश नम्बर–१ को इटहरी र प्रदेश नम्बर–४ को पोखरामा पनि क्षत्रीय सैनिक अस्पतालकको निमार्णकार्य सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक सम्मान क्षेत्रबहादुर थापा र ज्येष्ठ एकल महिला सम्मान ईन्द्रमायालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा भूतपूर्व सैनिकहरुले कवाज प्रदर्शन गर्नुका साथै विभिन्न झाँकी तथा कला पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्