सार्वजनिक यातायातमा यात्रीले धेरै सरसामान छोड्ने र हराउनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यात्रीको सहजताका लागि बसभित्र पनि नम्बर राख्ने व्यवस्था मिलाइएको जानकारी दिइयो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सार्वजनिक यातायातमा…