काठमाडौं, असार १० । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका च्याङ्वा तामाङको शव नेपाल ल्याइएको छ । च्याङ्वाको शव शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । सोमबार काबुलमा तालिवानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङ्वाको उपचारका क्रममा निधन भएको थियो । आतंकवादी आक्रमणमा च्याङ्वासहित १३ नेपालीको मृत्यु भएको थियो…