Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


मनोहरा खोलाको पुलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, युवकको मृत्यु


0
Shares

भक्तपुर, असार ९ । भक्तपुरको मनोहरामा विहीबार बा५७प २६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ मनोहरा खोलाको पुलमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौं महानगरपालिका–३५ काँडाघारी बस्ने मोटरसाइकल चालक २१ वर्षीय सविन पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकमा पछाडि सवार सोही ठाउँ बस्ने राजन बुढाथोकी सामान्य घाइते भएका छन् । रासस