काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका सात जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्ने नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ, काठमाडौंको बसुन्धारा बस्ने स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ, हाल झापाको दमक बस्ने पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की छन् ।…