Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


हत्या गरेको अभियोगमा तीन जना पक्राउ


390
Shares

इलाम । झापामा हत्या गरेको अभियोगमा तीन जना पक्राउ पक्राउ परेका छन् ।

चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राईसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

झ्याम्ले समेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।