काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न मोबाइल व्यवसायीले माग गरेका छन् । ब्यवसायीहरुले ८ देखि १० करोडसम्मको मोबाइलहरु लुटिएको बताएका छन् । यातायात मजदुरहरुको प्रदर्शनका क्रममा सोमबार ल्होत्से मलमा रहेका मोवाइल पसलहरुमा लुटपाट भएको थियो । ब्यवसायीहरुले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्…