काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट कैलालीको गोदावरी नगरपालिका–८ का अम्मर भुल, खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का वीरेन्द्र सार्कीलाई १५ लाख २८ हजार भारतीय रुपैयाँसहित पक्राउ…