काठमाडौं, साउन ६ । सुरक्षा निकायले गत आर्थिक वर्षमा राजधानी लगायत मुलुकभरबाट झण्डै दुई हजार सवारी साधनलाई अनुमति विना कालो स्टिकर टाँसेको भन्दै कारवाहीको दायरामा ल्याएको छ । कालो स्टिकर टाँसेका गाडी आपराधिक गतिविधिमा समेत संलग्न भएकाले कारवाहीको दायरामा ल्याइएको हो । साना गाडी उत्पादन कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेका कारण…