रोल्पा, भदौ ३ । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् । जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही गाविसस्थित हुलाक डाँडाका ६३ वर्षीय खरवीर बस्नेतलाई टाउकोमा ढुङ्गा प्रहार गरेपछि बस्नेतको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक रमेशकुमार पन्थीले जानकारी…