बर्दिया, कात्तिक ११ । बर्दिया जिल्ला सोरहवा–३ मा बुधबार राति दैलेख सालखर्क घर भइ भारतको सिमलामा ज्याला–मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काइ हत्या गरेका छन् । सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।…