बुद्धचोकमा रहेको आफ्नै पक्कीघरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृतावस्थामा फेलापारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । आइतबार राति नै हत्या भएको अनुमान गरिएको सो घटनाको सोमबार बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक दुवैको मुखमा घाउ रहेको बुढामगरले बताए । दम्पतीको…