वीरेन्द्र राजमार्गअन्तर्गत् बम नहरबाट शुक्रबार करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नम्बर–७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । काठमाडौंबाट गौरतर्फ आउँदै गरेकोे भारतीय नम्बरको गाडीमा…