यसै क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर झलारी सडकखण्डबाट लाखौं मूल्य बराबरका मालसामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले विशेष सुराकीका आधारमा शनिबार साँझ भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको हो । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ९५०२ नम्बरको बसबाट भन्सार राजस्व छलेर ल्याइँदै…