काठमाडौं, असोज २९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चितुवाको छालासहित सोमबार तीनजनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौंका एकजना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । एकजनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको उनले बताए ।…