Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


घरमा सुतिरहेका बेला गोली हानी हत्या

बर्दिया, कात्तिक १९ । बढैयाताल गाउँपालिका–३, गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला आइतबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मृतक मोहनका नातेदार रामरोशन सोनकरकाअनुसार राति १ बजे नकाबधारी पाँचजनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेको थियो । सो समूह त्यहाँबाट गएलगत्तै घटनाकाबारेमा प्रहरीलाई जानकारी गराएका थिए…