धादिङ, वैशाख २ । उत्तरी धादिङका रुबीभ्याली, गंगा–जमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ४६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । हिंसात्मक गतिविधिमा संलग्न भएपछि सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गाउँमा भएका भरुवा बन्दुकहरु दुरुपयोग गर्ने शंकामा धादिङको सुरक्षा निकायले गाउँ–गाउँमा भएका अवैधानिक हातहतियारहरु संकलन गर्ने अभियान सुरु गरेको हो । विभिन्न गाउँमा…