भक्तपुर, फागुन १२ । सूर्यविनायक नगरपालिका–८, सिपाडोल, आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैंले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेलापरेका छन् । आफैंले चलाउँदै आएको बा५च ६४२१ नम्बरको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८, लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बिहान निस्किएका श्रीमान् घर नआएका र…