हरि शर्मा (इमेज) परासी, वैशाख २१ । पश्चिम नवलपरासीको महेशपुर नाकाबाट प्रहरीले साढे दुई केजी चाँदीसहित शुक्रबार दुईजनालाई पक्राउ गरेको छ । परासीबाट भारतीय बजार ठूठीबारी लैजानेक्रममा दुई केजी ५६० ग्राम चाँदीसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । तरकारी बोक्ने बोराको झोलामा लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको…