दीपक श्रेष्ठ र सानु मालि(ईमेज) काठमाडौं । सरकारी निर्णयको उपेक्षा गर्दै म्यानपावर कम्पनीहरुले नगदमै कारोबार गर्ने गरेपछि वैदेशिक रोजगारीका क्रममा ठगिनेहरु बढ्दै गएका छन् । म्यानपावर कम्पनीले सम्पूर्ण कारोबार बैंकिङ प्रक्रियाबाट गर्नुपर्ने कानुनी प्रावधान छ । तर म्यानपावर कम्पनीका एजेन्टले आफूखुसी नगदै कारोबार गरेपछि ठगिने क्रम नरोकिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले…