हेटौंडा, वैशाख २६ । मकवानपुरबाट एक किलो ६४९ ग्राम सुनसहित एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना८ख ३७९२ नम्बरको बस चेकजाँचकाक्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत् रातमाटेमा अवैधरुपमा लिएर गइरहेको सुनसहित भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर ल्वागुनलाई प्रहरीले पक्राउ गरेको हो । ल्वागुनले जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर लैजाँदै गरेको सुन…