काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घूससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको ५० हजार घूससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । सेवाग्राहीलाई होटलमा बोलाएर घूस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए…