दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असार ६ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा पाँच प्रहरीविरुद्ध उजुरी दर्ता भएको छ । निर्मलाकान्डमा पक्राउ परेका भीमदत्त नगरपालिका–१८, सालघारीका १६ वर्षीय विशाल चौधरीले हिरासतका बेला आफूलाई यातना दिएको भन्दै तत्कालीन जिल्ला प्रहरी प्रमुख कुबेर कडायतलगायत अनुसन्धानमा खटिएका अरु चारजना प्रहरीविरुद्ध उजुरी दिएका हुन्…