काठमाडौं । देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज(सोमबार) एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद…