२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तरी प्रहरीद्वारा तीन महिनामा भन्सार छलेर ल्याइएका ५० लाखको सामान बरामद


0
Shares

राजविराज, कात्तिक १० । सप्तरी प्रहरीले तीन महिनाको अवधिमा सीमानाकाबाट भन्सार छलेर ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ ।

आइतबार राजविराजममा पत्रकार सम्मेलनमार्फत् प्रहरीले चालू आर्थिक वर्षको तीन महिनामा भएको तस्करी तथा चोरीको विवरण सार्वजनिक गरेको हो ।

सीमानाकामा निगरानी बढाएपछि तस्करी तथा भन्सार छलीमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा सवारी तथा मोटरपार्ट्सतर्फमात्रै २८ लाख ६ हजार ५०० मूल्य बराबरका सामान छन् । १३ लाख २७ हजार रुपैयाँका किराना सामान रहेका छन् ।

यस्तै, तीन लाख १६ हजार ५८४ रुपैयाँ बराबरको लत्ताकपडा, एक लाख १० हजार रुपैयाँ बराबरको मोबाइल तथा विद्युतीय उपकरणलगायत रहेका छन् ।

तस्करीमा संलग्नलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको सप्तरी प्रहरीले जनाएको छ ।