काठमाडौं, असोज १९ । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले शुक्रबार आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । अदालतले उक्त जाहेरीका आधारमा आइतबार पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । न्यायाधीश ब्रजेश प्याकुरेलको…