काठमाडौं । नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेस सुनाएपछि उनीहरुलाई कारागार चलान गरिएको हो । अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र…