Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


११ किलो चरेससहित तीनजना समातिए

कञ्चनपुर, माघ २३ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ११ किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–२, भासीस्थित ब्रह्मदेव रोडबाट ११ किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।