झिमरुक, फागुन १ । प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २८८ लिटर पेट्रोल बुधबार जफत गरेको छ । प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे१च १९०३ नंको पिकअपले १६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिएका छन् । प्यूठान नगरपालिका–८…