काठमाडौं, बैशाख १४ । आफ्ना सांसदको अपहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् ।…