Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अस्पतालको एम्बुलेन्सबाट गाँजा तस्करी, तीनजना समातिए

वीरगन्ज, जेठ २८ । पर्सा प्रहरीले एम्बुलेन्सबाट गाँजा तस्करी गरिरहेको अवस्थामा वीरगन्ज महानगरपालिका–२७, रामपुर टोलबाट तीनजनालाई पक्राउ गरेको छ । बुधबार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–५, भौराटारका ३२ वर्षीय हरिशंकर महतो, सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय जितबहादुर वाइवा र २२ वर्षीय दिलबहादुर वाइवा रहेका…