काठमाडौं, कात्तिक १४ । काठमाडौंको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ…