रौतहट, कात्तिक २७ । रौतहटमा एक युवतीको हत्या भएको छ । बुधबार राति माधवनारायण नगरपालिका–७ स्थित लौकाहा निवासी १७ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको हो । घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले उनको निधारमा गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो…