रौतहटमा गोली हानी युवतीको हत्या • Image Khabar Image Khabar


रौतहटमा गोली हानी युवतीको हत्या


इमेजखबर
२७ कार्तिक २०७७, बिहीबार १४:३३

रौतहटमा गोली हानी युवतीको हत्या

रौतहट, कात्तिक २७ । रौतहटमा एक युवतीको हत्या भएको छ ।

बुधबार राति माधवनारायण नगरपालिका–७ स्थित लौकाहा निवासी १७ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको हो ।

घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले उनको निधारमा गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्