काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने केही फर्महरूविरुद्ध मुद्दा दायर गरेको छ । झुटा भ्याट बिल बनाउने तीन फर्मलाई १९ करोड ९६ लाख बिगोसहित जरिवाना र कैद सजाय माग गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । ललितपुर महानगरपालिका सानेपा २ स्थित कविता सप्लायर्स सेन्टरका प्रोपाइटर नवल किशोर चौधरी र शिवम…